काठमाडौँ । स्यानिटरी प्याडलगायतमा १३ प्रतिशत कर लगाएकाेमा चिकित्सक संघले आपत्ति जनाएको छ ।
चिकित्सक संघले विज्ञप्ति जारि गर्दै सरकारले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमार्फट महिलाले महिनावारीका समयमा प्रयोग गर्ने स्यानिटरी प्याडलगायतमा १३ प्रतिशत कर लगाएकाेमा आपत्ति जनाएको हाे ।
महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा सरकार उदासिन देखिएको भन्दै संघले महिलाहरू स्यानिटरी उत्पादन प्रयोग गर्नबाट बञ्चित हुनुपर्ने र महिलाहरूकाे स्वास्थ्यमा गम्भिर नकारात्मक समस्या पर्ने गरेका बताएको छ ।
कर बढाउनु आपत्तिजनक विषय रहेको र करमा छुट गर्न संघको आग्रह छ ।
सरकारले स्यानिटरी प्याड, महिनावारी कप, महिनावारी ट्याम्पोन जस्ता अन्य स्यानिटरी उत्पादनमा १३ प्रतिशत कर लगाएको छ ।


