काठमाडाैँ । चीनले तीन सन्तान जन्माउने आमाबाबुलाई १५ सय डलर अनुदान दिने घाेषणा गरेकाे छ ।
नयाँ नीतिअनुसार चीनले अब तीन वर्षभन्दा कम उमेरका प्रत्येक बच्चाका लागि आमाबाबुलाई वार्षिक ५ सय अमेरिकी डलर दिइनेछ, जसअनुसार अधिकतम तीन बच्चा भएका परिवारलाई १५ सय डलरसम्मको अनुदान दिइनेछ ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा घट्दो जन्मदरको समस्या कम गर्न एकभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई अनुदान दिने घोषणा गरेको हाे ।
जन्मदर बढाउन सोमबार घोषणा गरिएको यो नीतिले झन्डै २ करोड परिवारलाई सन्तानको पालनपोषणमा सहयोग पुग्ने चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
लामो समयदेखि लागू एक सन्तान नीतिलाई चीनले एक दशकअघि अन्त्य गरिसकेको भएपनि देशको जन्मदर घट्दो क्रममा छ ।

