एक हप्तामा नेपालमा ३५ जनामा काेराेना पुष्टि

spot_img

काठमाडाैँ । गएकाे १ हप्तामा नेपालमा ३५ जनामा काेराेना संक्रमण देखिएकाे छ भने पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार १७ पुस २०८१ देखि १९ असार २०८२ सम्म नेपालका ३१ जिल्लाका  २४९ जनामा कोरोना संक्रमण देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड-१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए । उनले भने, ‘सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड-१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।’

साथै उनले कोभिड-१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन-आइसोलेसन’मा बस्न आग्रह गरेका छन् ।

कोभिड-१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न संक्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार