मोरङ, सुनसरी र झापाका ११ फार्ममा संक्रमण पुष्टि

spot_img

कोशी प्रदेशका तीन प्रमुख जिल्लाहरू मोरङ, सुनसरी र झापामा बर्डफ्लू (H5N1) को संक्रमण पुष्टि भएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार हालसम्म मोरङका ५, सुनसरीका ५ र झापाको १ गरी कुल ११ वटा पोल्ट्री फार्ममा यो घातक भाइरस भेटिएको हो।

संक्रमण पुष्टि भएका क्षेत्रहरूमा सरकारी टोलीले ‘स्ट्याम्पिङ आउट’ (पन्छी नष्ट गर्ने) प्रक्रिया सुरु गरेको छ। सुनसरीको इटहरी–१९ स्थित ओको कृषि फार्ममा मात्रै सबैभन्दा धेरै ११,०२० वटा कुखुरा नष्ट गरिएको छ। यस्तै, विराटनगरको दाहाल कृषि फार्मका ३,००० कुखुरा आफैँ मरेका थिए भने बाँकी ३,००० नष्ट गरिएको छ।

मोरङका विराटनगर–४, सुन्दरहरैँचा–४, उर्लाबारी–८ र कटहरीका दुई फार्ममा संक्रमण देखिएको छ। सुनसरीमा इटहरीका चार र गढी गाउँपालिकाको एक फार्म तथा झापाको दमक–१० स्थित दमक एग्रिकल्चरमा बर्डफ्लू पुष्टि भएको छ।प्रयोगशालाका प्रमुख डा. कमल गिरीका अनुसार पछिल्लो समय परीक्षण गरिएका ४५ वटा नमुनामा बर्डफ्लू पुष्टि भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार