के डोनाल्ड ट्रम्पको ‘MAGA’ अभियान अब समाप्त भएकै हो?”

spot_img

अमेरिकामा सम्पन्न मध्यअवधि निर्वाचनको मतगणना जारी रहँदा डेमोक्रेटिक पार्टीले हाउस अफ रिप्रजेन्टेटिभ्स (प्रतिनिधि सभा) मा ऐतिहासिक सफलता हासिल गर्ने देखिएको छ। विभिन्न चुनावी प्रक्षेपण र विश्लेषकहरूको रिपोर्ट अनुसार, डेमोक्रेट्सले तल्लो सदनमा २४० भन्दा बढी सिट जित्ने निश्चित प्रायः देखिएको छ।

अमेरिकी प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न २१८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिक पार्टीले त्यसभन्दा धेरै सिटमा जित वा बलियो अग्रता हासिल गरेको छ।

मतदाताहरूले दैनिक जीवनका आर्थिक समस्या, महँगी र करसम्बन्धी मुद्दाहरूलाई प्राथमिकतामा राख्दै मतदान गरेका कारण रिपब्लिकन पार्टीले आफ्नो साँघुरो बहुमत जोगाउन नसकेको विश्लेषकहरूको भनाइ छ।

चुनावका दौरान डेमोक्रेट्सले विभिन्न महत्त्वपूर्ण प्रतिस्पर्धात्मक तथा रणनैतिक क्षेत्रहरूमा (Battleground Seats) रिपब्लिकन पार्टीबाट सिटहरू खोस्न सफल भएका छन्।

 

सम्बन्धित समाचार

ताजा समाचार