पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियर (क्रिस्टियानिन्हो) पहिलोपटक पोर्चुगलको यु-१७ (U17) राष्ट्रिय टोलीमा परेका छन्।
युवा फरवार्ड रोनाल्डो जुनियरले यसअघि पोर्चुगलको यु-१५ र यु-१६ टोलीबाट खेलिसकेका छन्। आफ्नो उमेर समूहमा देखाएको निरन्तर उत्कृष्ट प्रदर्शनपछि उनलाई पोर्चुगल यु-१७ टोलीमा समावेश गरिएको हो।
हाल साउदी क्लब अल-नासरको यु-१७ टोलीबाट व्यावसायिक फुटबल खेलिरहेका १६ वर्षीय रोनाल्डो जुनियर आफ्ना पिताझैँ फरवार्ड पोजिसनमा खेल्छन्।

