जेलेस्पीको गोलसँगै सिंगापुरविरुद्ध नेपालको ऐतिहासीक जित

spot_img

काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध ऐतिहासीक जित हासिल गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलको १२ औँ मिनेटमा मनिष डाँगीको क्रसमा जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सोहि गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

घरेलु टोली सिंगापुरलेले खेलको अन्तिम सम्म पनि गोल फर्काउने प्रयास गरेपनि असफल रह्यो । फिफा वरियतामा सिंगापुर नेपालभन्दा १५ स्थान माथि छ ।

एएफसि एसिएन कप छनाेटअन्तर्गत नेपालले अबकाे खेल मार्च २५ मा मलेसियाविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार