काठमाडौँ । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन रुसमा थप सैनिक पठाउन लागेको दक्षिण कोरियाली सांसदले बताएका छन् । सियोलको गुप्तचर निकायलाई उद्धृत गर्दै दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले जुलाई महिनाभित्रै थप सैनिक पठाउन लागेको बताएका हुन् ।
उत्तर कोरियाले रुसको कुर्स्क क्षेत्रको पुनर्स्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताएका थिए ।
“उत्तर कोरियाले रुसलाई आफ्नो सेना पठाउने र हतियार आपूर्ति गर्ने क्रम जारी राखेको छ र कुर्स्कलाई पुनः कब्जामा लिने मस्कोको प्रयासमा उसको सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको हामीले देखेका छौँ,” दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले गुप्तचर निकायलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भने।
तयारी पहिले नै चलिरहेको संकेत गर्दै उनले भने, ‘उत्तर कोरियाले रुस पठाउनका लागि लागि कर्मचारी चयन गर्न शुरू गरिरहेको जानकारी छ।’
तीन वर्षभन्दा लामो तीन वर्षभन्दा लामो रूस युक्रेन द्धन्दमा उत्तर कोरियाले रुसलाई सहयाेग गर्दै आएको छ । त्यस्तै कुर्स्कबाट युक्रेनी सेनालाई पछि हटाउन हजारौँ सैनिक र कन्टेनरभर हतियार पठाएको यसअघि न् पुष्टि भइसकेकाे छ ।
‘उत्तर कोरियाले रुसलाई जहाज र सैन्य विमानबाट वितरण गरिने क्षेप्यास्त्र र लामो दूरीको रकेट प्रणालीसहित अनुमानित करोडौँ तोपका गोला उपलब्ध गराएको छ,’ लीले भने।
गत वर्ष रुसी नेता भ्लादिमिर पुटिनको आणविक शक्तिसम्पन्न उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा रुस र उत्तर कोरियाबीच पारस्परिक प्रतिरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
दक्षिण कोरियाली गुप्तचर सेवालाई उद्धृत गर्दै लीले भने, “अहिलेसम्म रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।”
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले थप सहयोगको योजना भएकाे समेत बताएका थिए ।

