देश अशान्त रहँदा राष्ट्रपति म्याक्रोन कन्सर्टमा मस्त: चौतर्फी विरोध र आक्रोश

spot_img

फ्रान्सभर हिंसात्मक प्रदर्शन, आगजनी र अशान्ति फैलिरहेका बेला राष्ट्रपति इमानुएल म्याक्रोन ‘सेलिन डियोन’को कन्सर्टमा रमाइरहेको भेटिएपछि उनको चौतर्फी तीव्र आलोचना भएको छ।

देशका प्रमुख शहरहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहँदा, सयौँ मानिस घाइते र व्यापक भौतिक क्षति भइरहेको अवस्थामा राष्ट्रपति म्याक्रोन आफ्नी श्रीमतीसँग कन्सर्टमा उपस्थित भएको तस्बिर तथा भिडियो सार्वजनिक भएका थिए।

प्रतिपक्षी दलहरू र आम नागरिकले राष्ट्रपतिको यो कदमलाई देशको संवेदनशील परिस्थितिप्रति पूर्ण रूपमा बेवास्ता र गैरजिम्मेवारपनको संज्ञा दिएका छन्। “एकातर्फ देशका सडकहरू बलिरहेका छन् र सुरक्षाकर्मीहरू स्थिति नियन्त्रणमा लिन धौ-धौ परिरहेका छन्, अर्कोतर्फ देशका प्रमुख भने मनोरञ्जनमा व्यस्त छन्,” भन्दै विपक्षी नेताहरूले आक्रोश व्यक्त गरेका छन्।

देश गम्भीर सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपतिको यस्तो उदासिन व्यवहारले फ्रान्सेली जनतामा थप आक्रोश पैदा गरेको छ भने एलिसी प्यालेस (राष्ट्रपति कार्यालय) माथि जवाफदेहिताको ठूलो दबाब परेको छ।

सम्बन्धित समाचार

ताजा समाचार