अमेरिका-इरान तनाव उत्कर्षमा: ट्रम्पको ‘डेडलाइन’ सँगै मध्यपूर्वमा युद्धको त्रास

spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर तेहरानमाथि अहिलेसम्मकै कडा चेतावनी दिएका छन्।

बुधबार र बिहीबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले इरानलाई वार्ताको टेबुलमा आउन अन्तिम मौका दिँदै सैन्य आक्रमणको धम्की दिएका हुन्।

राष्ट्रपति ट्रम्पले इरानतर्फ अमेरिकी नौसेनाको एक “विशाल आर्मडा” (युद्धपोतहरूको समूह) अघि बढिरहेको बताएका छन्। यसको नेतृत्व विमानवाहक जहाज ‘यूएसएस अब्राहम लिंकन’ ले गरिरहेको छ। उनले यो सैन्य टोली भेनेजुएलामा पठाइएको भन्दा पनि ठूलो र शक्तिशाली भएको दाबी गरेका छन्।

ट्रम्पले इरानले तुरुन्तै वार्ता गरेर परमाणु हतियार त्याग गर्ने सम्झौता गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, “समय निकै कम छ, चाँडो वार्तामा आउनुस्।”

ट्रम्पको धम्की लगत्तै इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देश डराएर नझुक्ने स्पष्ट पारेका छन्। उनले भनेका छन्, “हाम्रो सेनाको औँला ट्रिगरमा छ। यदि हामीमाथि कुनै आक्रमण भएमा हामीले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र कठोर जवाफ दिनेछौँ।”

सम्बन्धित समाचार

ताजा समाचार