स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो बहुप्रतिक्षित ‘एल् क्लासिको’मा बार्सिलोना आफ्नै घरेलु मैदान कैम्प नोउमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग २–१ गोल अन्तरले स्तब्ध भएको छ।
किलियान एमबाप्पेको उत्कृष्ट दुई गोलको मद्दतले मड्रिडले घरेलु टोली बार्सिलोनालाई पराजित गर्दै महत्त्वपूर्ण ३ अंक बटुलेको छ।
स्पेनिस फुटबलको सबैभन्दा ठूलो भिडन्त ‘एल् क्लासिको’ मा जब-जब रियल मड्रिडले बार्सिलोनाको घरेलु मैदान कैम्प नोउ मा जित हासिल गर्छ, तब-तब महान् स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको सम्झना ताजा हुने गर्दछ। सन् २०१२ मा रोनाल्डोले कैम्प नोउका हजारौँ दर्शकलाई स्तब्ध पार्दै प्रसिद्ध ‘शान्त बस’ शैलीमा उत्सव मनाएर मड्रिडलाई २–१ को ऐतिहासिक जित दिलाएका थिए।
ठीक त्यस्तै दृश्य पुनरावृत्ति गर्दै किलियान एमबाप्पेले पनि क्याम्प नोउमा दुई गोल गर्दै रियल मड्रिडलाई २–१ को जित दिलाएपछि रोनाल्डोकै शैलीमा खुसीयाली मनाएका छन्। रियल मड्रिडका लागि एल् क्लासिकोमा १८ गोल गरेका रोनाल्डोले लगातार ६ वटा क्लासिको भिडन्तमा गोल गर्ने अद्वितीय कीर्तिमान कायम राखेका छन्। क्याम्प नोउको मैदानमा विपक्षी दर्शकलाई मन्त्रमुग्ध पार्दै खेलको नतिजा मड्रिडको पक्षमा पार्ने रोनाल्डोको त्यही जित्ने मानसिकता र विरासतलाई आज पुनः नयाँ पुस्ताका एमबाप्पेले ब्युँताइदिएका छन्।

