काठमाडौँ । शनिबार रातभर युक्रेनका विभिन्न भागमा रूसले आक्रमण गरेकाे छ । जसकारणा देशभरिका अधिकांश क्षेत्रहरू प्रभावित भएका छन् ।
युक्रेनमाथीकाे रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा परी तीन बालबालिका सहित १२ जनाको ज्यान गएको र दर्जनौं घाइते भएकाे धिकारीहरूले जनाएका छन्।
यो आक्रमण लगातार दोस्रो दिन जारी रहेको हो । यसअघि रुसी आक्रमण सुरु भएयता युक्रेनकाे राजधानी कीभमाथि शुक्रबार युद्ध सुरु भएयताकै शक्तिशाली हमला भएको थियो । यो आक्रमण ४८ घण्टाभित्र दोस्रो ठूलो स्तरको हमला हो ।
दीर्घकालीन युद्ध विराम सम्झौको तयारी तीब्र पारीएका समाचारहरुबिच रसियाले भने युक्रनेमाथि निरन्तर आक्रमण जारी राखेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेका थिए त्यसयता मस्कोले युक्रेनको करिब २० प्रतिशत भूभागमा आफ्नो पूर्ण नियन्त्रण कायम गरेको छ।
राजधानी कीभमा स्थानीय अधिकारीहरूले ११ जना घाइते भएको, थुप्रै स्थानमा आगलागी भएको र आवासीय भवनहरू जसमा एउटा छात्रावास पनि जलेर ध्वस्त भएको जनाइएको छ ।
यो हमला कीभले आफ्नो वार्षिक ‘कीभ डे’ मनाउने दिन भएको हो ।

