एलन मस्कको नयाँ किर्तिमान, बने ६०० बिलियन डलरका मालिक

spot_img

काठमाडौं । विश्वकै धनाड्य व्यक्तिहरुको सूचीको पहिलो स्थानमा रहँदै आएका अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले फेरी नयाँ कीर्तिमान कायम गरेका छन् । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले अहिलेसम्मकै सबैभन्दा बढी सम्पति कमाउने व्यक्तिको कीर्तिमान कायम गरेका हुन् ।

फोब्सको पछिल्लो तथ्यांक अनुसार एलन मस्कको कुल सम्पत्ति ६०० अर्ब अमेरिकी डलर नाघेको छ । यससँगै उनी इतिहासमै पहिलो पटक ६०० अर्ब डलरभन्दा बढी सम्पत्ति आर्जन गर्ने व्यक्ति बनेका छन् । यसअघि कसैले पनि ५०० अर्ब डलरको सीमा पार गर्न सकेका थिएनन् ।

अगस्टमा ४०० अर्ब डलर रहेको मस्कको रकेट निर्माण कम्पनी स्पेसएक्सको कम्पनी मूल्यांकन डिसेम्बरको सुरुमा ८०० अर्ब डलर पुगेको छ । मस्कको स्पेसएक्समा करिब ४२ प्रतिशत स्वामित्व छ । मूल्यांकन दोब्बर भएपछि मात्रै उनको सम्पत्तिमा झण्डै १६८ अर्ब डलर थपिएर ६७७ अर्ब डलर पुगेको फोब्सले फोब्सले जनाएको छ । हाल स्पेसएक्समा रहेको मस्कको हिस्साको मूल्य करिब ३३६ अर्ब डलर पुगेको छ, जुन उनको सबैभन्दा ठूलो सम्पत्ति हो ।

सम्बन्धित समाचार

ताजा समाचार