इन्धनको मूल्यमा भारी कटौती: पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो

spot_img

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ।

निगमको सञ्चालक समिति बैठकको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाइएको छ।

यसैगरी, उपभोक्ताको भान्सासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रतिसिलिन्डर १०० रुपैयाँ कटौती गरी नयाँ मूल्य २,०६० रुपैयाँ कायम गरिएको छ, जसले सर्वसाधारणलाई ठूलो राहत दिनेछ।

सम्बन्धित समाचार

ताजा समाचार