काठमाडौँ । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
मंगलबारदेखि सुरु भएको प्रदर्शनी ८ भदौसम्म सञ्चालन हुनेछ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उड्ने कारलाई अनुमति नभए पनि नाडा अटो शोमा प्रदर्शनमा राखिनुलाई भविष्यको यातायातको रूपमा हेरेकाे बताए । यसका साथै उनले नेपाल अब पनि तीव्र गतिमा अघि बढ्न नसकेको खण्डमा विकासमा पछि धकेलिने बताए ।

यसपालिको प्रदर्शनीमा दिपलको उड्ने कार र मानवीकृत रोबोट मुख्य आकर्षण बनेको छ ।
https://www.facebook.com/shikharupdates/videos/1110639274542544

