काठमाडाैँ । अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार साताकाे अन्तिम दिन बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।
आज नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ कराेड ८९ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
५२ कम्पनीको मूल्य बढ्दा १९८ को मूल्य घटेकाे छ । फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स १.१८ प्रतिशत बढेकाे छ । यसदिन व्यापार समुह २.४४ प्रतिशत, बैंकिङ समुह १.४४, लगानी समुह १.३२, जीवन बीमा १.२९, जलविद्युत १.१५ र उत्पादन तथा प्रशाेधन समुह १.१४ प्रतिशतले घटेकाे छ ।

