काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेकाे छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २,९८२.६४ विन्दुमा पुगेकाे हो । बुधबार ५.१७ अंक बढेको बजार आज घटेकाे हाे ।
बुधबारका तुलमामा आज नेप्से र काराेबार रकम भने घटेकाे छ । बुधबार १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोडको काराेबार भयो ।
१ लाख ५४ हजार ६४२ पटकमा तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर खरिदबिक्री भएको छ ।
जसमा १२३ कम्पनीको मूल्य बढेको भने १२७ कम्पनीको घटेको छ ।
आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढे ।
राधी विद्युत् कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ७७ करोड २१ लाख ४५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

