काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताएका हुन् ।
आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरेका छन् । जुन गत वर्षभन्दा ८१.८० प्रतिशतले बढी हाे ।


