काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे (बुधबार) सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर २ हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

