नयाँ आव : शेयर बजारमा उछाल, नेप्से झण्डै ७६ अंकले बढ्याे

spot_img

काठमाडाैँ । नयाँ आर्थिक वर्ष २०८२/८३ काे पहिलाे दिन शेयर बजारमा उछाल आएको छ ।  नेप्से परिसूचक आज ७५.८४ अंकले बढेर २ हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ ।

यसदिन नेप्से  २.७१ प्रतिशतले बढेकाे छ । आज दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ कराेड २१ लाख ५ हजार को कारोबार भएकाे छ ।

आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढेकाे छ । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढेका छन् ।

इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढेकाे छ । माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घटेकाे छ ।

तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार