काठमाडाैं । बुधबार सेयर बजारमा उछाल देखिएकाे छ । नेप्से परिसूचक आज ३७.५३ अंकले बढे संगै काराेबार रकम पनि ह्वात्तै बढेकाे काे छ ।
आज बजार १.३५ प्रतिशतले बढेर नेप्से २७ सय ९७ दशमलव ७१ बिन्दुमा उक्लिएकाे छ । तस्तै ३३० कम्पनीका ४ कराेड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर १४ अर्ब ३ कराेड ४८ लाख ३९ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे छ ।
हिजाे ३१७ कम्पनीकाे २ कराेड ३५ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा ९ अर्ब ८ कराेड ४५ लाख ३० हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
बुधबार सबै समुहमा हरियाली छाएकाे छ । आज सर्वाधिक विकास बैंक समुह ३.७१ प्रतिशतले बढेकाे छ । यस्तै निर्जिवन बीमा २.१४, म्युचुअल फण्ड २.०५ र माइक्राेफाइनान्स समुह २.०४ प्रतिशतले बढेका छन् भने बैंकिङ समुह १.७४, उत्पादन तथा प्रशाेधन समुह १.२२, जलविद्युत १.१२, जिवन बीमा १.०४ प्रतिशतले बढेका छन् ।

