काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाएको छ ।
आज (मंगलबार) राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य समायोजनअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६० र डिजेल तथा मट्टीतेल १४८ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
हेर्नुहाेस प्रेस विज्ञप्ति :


