पेट्रोलकाे मूल्य ५ रूपैयाले बढ्यो

spot_img

काठमाडौं । नेपाल आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र  डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

बढाइएको मूल्य मंगलबार (असार १७) बिहानदेखि लागु हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ ।

भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार