सुनकाे मूल्य ४ हजार २ सयले बढ्याे, कतिमा हुदैछ किनबेच ?

spot_img

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा किनबेच भइरेहकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुनकाे मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो  ।

चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।

सम्बन्धित समाचार

ताजा समाचार