सरकारी कर्मचारीको तलब बढेन, महँगी भत्ता बढ्यो

spot_img

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब नबढाए पनि महँगी भत्ता बढाएर ५ हजार पुर्‍याएको छ ।

तीन वर्षदेखि कर्मचारीकाे तलब बढेकाे छैन् । स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

बजेटले कर्मचारीले पाउँदै आएको महँगी भत्ता आगामी साउनबाट लागु हुने गरी बढाएर मासिक ५,००० रुपैयाँ पुर्‍याएको छ । अहिले कर्मचारीहरूले मासिक २,००० रुपैयाँ महँगी भत्ता पाउँदै आएका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार