काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । आइतबार साँझ राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको हो ।
समिक्षामा राष्ट्र बैंकले विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाउर १५० प्रतिशत पुर्याएको थियो ।

