काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
पौडेलले बुधबार पदभार ग्रहण गरेका छन् । त्यसअघि गभर्नर पौडेलले सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
त्यसलगत्तै बालुवाटारस्थित नेपाल राष्ट्र बैंक पुगेर पौडेलले पदभार ग्रहणपछि ५० रुपैयाँ र १ हजारको नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरे ।
पदभार ग्रहणपछि पाैडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको र सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध गरेको भए यसलाई परिमार्जन गर्दै जाने बताए ।

