४९ अंकले बढ्याे सेयर बजार, सबै सुचक हरियाली

spot_img

काठमाडौं । आज मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७ अंकमा कायम भएको छ ।

बजारको परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । कारोबार अवधिभर ३ सय १० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भयो । यसदिन ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

कुल २२९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.४२ प्रतिशत बढ्यो । पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर, सोल्टी होटल क्रमशः अगाडि छन् ।

सम्बन्धित समाचार

ताजा समाचार