दोहोरो अंकले बढ्यो सेयर बजार, होटल तथा पर्यटन बाहेक सबैमा हरियाली

spot_img

काठमाडौं । आज सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । साेमबार सेयर बजार मापक नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८ बिन्दुमा पुगेकाे छ ।

बजार बढेपनि कारोबार रकम भने घटेकाे छ ।  आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएकाे छ । कारोबार अवधिभर ३ सय २४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५ सय ५८ कित्ता सेयर किनबेच भयो ।

आज १ सय ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । त्यस्तै, २ कम्पनीको मूल्य भने स्थिर रहेकाे छ ।

यस दिन होटल एण्ड पर्यटन बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको छ।  होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन १ .२४ प्रतिशत घटेको छ ।

यस दिन ६ कम्पनिकाे शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार