काठमाडाैँ । सुनको मूल्यमा ऐतिहासीक रेकर्ड कायम कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य २ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार १ लाख ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको सुनकाे मूल्य आज १ हजार २०० रुपैयाँले बढेकाे हाे ।
त्यस्तै चाँदी ५ रूपैयाले बढेर २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

