काठमाडाैँ । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यसअघि वैशाख ९ गते सबैभदा बढि १ लाख ९७ हजार ९ सय रुपैयाँमा किनबेच भएकाे सुनकाे मूल्य मंगलबार १ लाख ९८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेकाे छ ।
हिजाे १ लाख ९६ हजार ६ सय रुपैयाँमा किनबेच भएकाे सुन मंगलबार १ हजार ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर २ हजार २ सय ८० रुपैयाँमा किनबेच भइरहेकाे छ ।

