काठमाडौं । मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ७९ प्रतिशतले बढेर २ हजार ९ सय ७३ दशमलव ७० बिन्दुमा पुगेकाे छ ।
नेप्सेको यो अंक गत २ भदौयताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो ।
यसदिन नेप्सेसँगै काराेबार रकम पनि बढेकाे छ । आज ३१९ कम्पनीकाे ४ कराेड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २० अर्ब ८ कराेड, ५३ लाख ६७ हजार रूपैयाँमा काराेबर भएकाे छ । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो ।
यसदिन २३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । आज सबै समुहकाे सेयर बढेकाेमा तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे ।
यस्तै हाेटल तथा पर्यटन ३.४४, लगानी समुह ३.२४ र अन्य समुह ३.२६ प्रतिशतले बढेका छन् ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप छन् ।

