काठमाडाैं । साताकाे दाेस्राे दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज २१.७६ अंकले बढेर २ हजार ८ सय ९२ दशमलव ७२ बिन्दुमा पुगेकाे छ ।
आइतबार सामान्य अंकले बढेको नेप्से आज दोहोरो अंकले बढे पनि कारोबार रकम भने घटेकाे छ । आज ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिद बिक्रि हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो ३ सय १६ वटा कम्पनीका ५ करोड १६ लाख कित्ता शेयर २१ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको घटेको छ ।
आज बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको २.८२, अन्य समुहको २.१९ प्रतिशतले उकालो लागेका छन् ।

