काठमाडाैँ । नयाँ आर्थिक वर्ष २०८२/८३ काे पहिलाे दिन शेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक आज ७५.८४ अंकले बढेर २ हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ ।
यसदिन नेप्से २.७१ प्रतिशतले बढेकाे छ । आज दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ कराेड २१ लाख ५ हजार को कारोबार भएकाे छ ।
आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढेकाे छ । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढेका छन् ।
इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढेकाे छ । माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घटेकाे छ ।
तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ ।

