काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सर्वसम्मतले पारित भएको छ ।
धबार राष्ट्रिय सभागृहमा नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको पारित भएको हो ।
महानगरपालिकाको आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १२ करोड रुपैयाँ स्रोत व्यवस्थापनबाट हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजश्व बाँडफाटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार स्रोत सुनिश्चित गरिएको छ ।
असार २९ गते काठमाडौं महानगरका उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेस गरेकी थिइन् ।
बजेटमाथि आज छलफल गरेर सर्वसम्मत पारित गरिएको हो।

