१४ बैंककाे व्याजदर घट्दा २ काे बढ्याे, हेर्नुस् कुनकाे कति ?

spot_img

काठमाडाैँ । साउन महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपकाे ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै वाणिज्य बैंकहरूले पनि साउनका लागि निक्षेपको ब्याजदर घटाएका हुन् ।

२० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याज घटाउँदा २ वटा बैंकले बढाएका छन् भने ४ वटा बैंकले असारकै दर यथावत् राखेका छन्  ।

व्यक्तिगत मुद्दतीतर्फ निक्षेपमा १६ वटाले ब्याज घटाउँदा ४ वटा बैंकले भने असारकै दर यथावत् राखेका छन्  । यस्तै संस्थागततर्फ निक्षेपको ब्याजदर पनि ११ वटा बैंकले घटाउँदा हिमालयन बैंकले भने १ प्रतिशत बढाएको छ।बाँकी ८ बैंकले भने असारकै दरलाई निरन्तरता दिएका छन् ।

व्यक्तिगत मुद्दति निक्षेपमा असार महिनामा औसत अधिकतम ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउनमा घटेर ५.६९७५ प्रतिशतमा झरेको छ भने संस्थागत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर अधिकतम ब्याजदर ४.३७३ प्रतिशत रहेकोमा साउनमा घटेर ४.११३प्रतिशतमा झरेको छ ।

व्यक्तिगततर्फ कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत, बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ । यसपश्चात वाणिज्य बैंकहरूले साउनका लागि ब्याजदर घटाएका हुन्।

कुन बैंकको ब्याजदर कति ?

प्रभु बैंकले व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत कायम गरेकाे छ ।

राष्ट्रिय वाणिज्य बैंककाे व्यक्तिगत निक्षेपमा ५.५ प्रतिशतमा झारेकाे छ भने  संस्थागत दर ४ प्रतिशतमै यथावत् राखेको छ ।

एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपमा ६.२५ मा र संस्थागतमा ५.२५ कायम गरेका छ।

एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ६.२५ र ५.२५ प्रतिशत ब्याज कायम गरेका छ ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपमा ६ मा र संस्थागतमा ३.१ कायम गरेका छ ।

नबिल बैंकले भने ब्याजदर यथावत् राखेको छ। व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.०५ प्रतिशत कायम गरिएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत निक्षेपमा ५.२५ र संस्थागतमा  ४.२५ कायम गरेकाे छ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपमा ५.५  र संस्थागतमा  ४.२५ कायम गरेकाे छ।

सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा  ५.५ र संस्थागतमा ३  पुर्‍याएको छ। यो संस्थागततर्फ सबैभन्दा ठूलो गिरावट हो ।

सानिमा बैंकले व्यक्तिगत निक्षेपमा ६.१८ र संस्थागतमा ४ कायम गरेकाे छ।

नेपाल एसबीआई बैंकले व्यक्तिगत निक्षेपमा ५.३५ र संस्थागततर्फ ४.३५ मा झारेको छ ।

कुमारी बैंकले व्यक्तिगत निक्षेपमा ५.६१ प्रतिशतमा  र संस्थागतमा  ४.०१ प्रतिशतमा झारेकाे छ ।

कृषि विकास बैंकले पनि व्यक्तिगत निक्षेपमा ५.४ प्रतिशतमा र संस्थागतमा ३.५ प्रतिशतमा झारेको छ ।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत निक्षेपमा ६ बाट ५.७५ र संस्थागत निक्षेपमा ४.२५ कायम गरेकाे छ ।

नेपाल बैंक र एनएमबी बैंकले ब्याजदर यथावत् राखेको छ । नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ५.४५ र संस्थागतमा ४.५ प्रतिशत नै कायम छ । यस्तै, एनएमबी बैंकले व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत नै दिइरहेको छ ।

यस्तै माछापुच्छ्रे बैंककाे ब्याजदर दुबै खालका निक्षेपमा ६ र ४ प्रतिशत ब्याज यथावत् राखेकाे छ भने सिद्धार्थ बैंकले भने कुनै पनि दरमा परिवर्तन नगरी व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.७५ प्रतिशत यथावत् राखेको छ ।

यता स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएकाे छ । व्यक्तिगत निक्षेपमा ६.२६ प्रतिशत र संस्थागत निक्षेपमा पनि ३ बाट ३.०१ प्रतिशतमा थोरै वृद्धि गरिएको छ ।

यस्तै हिमालयन बैंकले संस्थागत निक्षेपमा ०.५ प्रतिशतको वृद्धि गर्दै ४ बाट ५ प्रतिशतमा पुर्‍याएको छ भने व्यक्तिगत निक्षेपमा ५.५ बाट ६ मा ल्याएर ०.५ प्रतिशतको वृद्धि गरेको छ ।

बैंक असारको ब्याजदर (%) साउनको ब्याजदर (%)
एभरेस्ट ६.५५ ६.२५
एनआईसी एसिया ६.५५ ६.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२६
सानिमा ६.३३ ६.१८
माछापुच्छ्रे ६.०० ६.००
ग्लोबल आईएमई ६.०० ६.००
प्राइम कमर्सियल ६.२५ ६.००
प्रभु ६.१० ४.२५
हिमालयन ५.५० ६.००
एनएमबी ६.०० ६.००
राष्ट्रिय वाणिज्य ६.०० ५.५०
सिद्धार्थ ५.७५ ५.७५
लक्ष्मी सनराइज ५.७५ ५.५०
नबिल ५.७५ ५.५०
सिटिजन्स ५.६५ ५.५०
कुमारी ५.७१ ५.४१
कृषि विकास ५.४५ ५.४०
नेपाल ५.४५ ५.४०
नेपाल एसबीआई ५.५० ५.३५
इन्भेस्टमेन्ट मेगा ५.५० ५.२५

सम्बन्धित समाचार

ताजा समाचार