काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले ३ हजार डलर लैजान पाउने भएका छन् ।
शुकेबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीले पाउने डलर सटही सुविधा रकम बढेको छ ।
हाल २५ सय अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेको छ ।

