सेयर बजारमा सामान्य अंककाे वृद्धि

spot_img

काठमाडौं । आइतबार सेयर बजारमा २.४० अंकको वृद्धि भएकाे छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ ।

कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भयो । यसदिन अन्य समुह सर्वाधिक ३.९ प्रतिशत र फाइनान्स २.४९ प्रतिशत बढेका छन् ।

आज विकाश बैंक, हाेटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा समुह घटेका छन् भने बाँकी सबै समुह बढेका छन् ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेकाे छ ।

धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि छन् ।

सम्बन्धित समाचार

ताजा समाचार