काठमाडौँ । आस्मा अत्तरको नयाँ आउटलेट लाबिम मलमा सञ्चालनमा आएको छ । कतारमा झण्डै १९ वर्षदेखि अत्तर व्यवसाय गरीरहेका गोरखाका पिर मोहम्मदले नेपाल फर्केलत्तै केहिदिन अघि नयाँ आउटलेटको सुरुवात गरेका हुन् ।
मोहम्मदले कतारमा पाँच वर्ष अत्तर पसलमा काम गरेका थिए । त्यसपछि सोही पसल लिएर चौध वर्ष आफैंले चलाएपछि उनी नेपाल फर्केका थिए ।
विगत ४ वर्षदेखि नयाँ बानेश्वर र लाबिम मलमा ४०० भन्दा बढी किसिमका अत्तर उत्पादन गर्दै पसल चलाईरहेका उनको अत्तरकाे अहिलेको पुस्तामा आकर्षण बढ्दै गएकाे छ ।


