सहकारीको रकम अपचलन गर्ने व्यक्तिको सम्पत्ति निक्षेप गरी प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्न काेष स्थापना गरीने

spot_img

काठमाडौं । सहकारीको रकम अपचलन गर्ने व्यक्तिको सम्पत्ति निक्षेप गरी प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापना गरिने भएकाे छ ।

आगामी आर्थिक वर्षको बजेट पढेर सुनाउँदै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन् ।

अर्थमन्त्रीले कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने र समस्याग्रस्त सहकारी संस्थाहरूको वर्गीकरण, एकीकरण र संरचनात्मक सुधार गरिने बताए ।

 

सम्बन्धित समाचार

ताजा समाचार