काठमाडौं । जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । मेला जेठ ७ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी सहज रूपमा किन्न सक्नेछन् । मेला अवधिभर थप नगद छुट, मूल्यांकन लाभ, शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा लगायतका आकर्षक अफर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
जेठ ६ गतेसम्म प्रि–बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
मेलामा पुरानो सवारी लिएर आउने ग्राहकले न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन पाउनेछन् । मेलामा ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिता रहनेछ ।
मेला अवधिभर ८ हजार रुपैयाँसम्मको नगद छुट, १० हजार रुपैयाँसम्मको थप मूल्यांकन र शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा (नियम तथा सर्त लागू) रहेको कम्पनीले जनाएको छ । यस्तै, नयाँ सवारी खरिदमा हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपलब्ध हुनेछन् ।
मेलामा आउनेहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, रमाइला खेलहरू, सौन्दर्य तथा एसिहल ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानपान र बालबालिकाका लागि विशेष क्षेत्रको समेत अनुभव लिन सक्नेछन् ।
जगदम्बा मोटर्सले सबै दुईपाङ्ग्रे सवारीप्रेमीलाई मेलाको फाइदा उठाउन आह्वान गरेको छ ।

