काठमाडौँ । बुधबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसुचक १३.९६ अंकले घटेर २६२० अंकमा कायम भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज १ करोड ८४ लाख ९६ हजार १ सय ३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भयो ।
६२ कम्पनीको मूल्य बढ्दा १ सय ८३ कम्पनीको सेयर मूल्य घट्यो भने एउटाको स्थिर रह्यो ।
३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ५७७ पटक शेयर किनबेच भएको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ ।
बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७१६ रूपैयाँ १० पैसामा ५९ करोड ३२ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै १३ वटा समूह मध्ये २ समूह बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज विकास बैंक समूह १.१९ प्रतिशतले र अन्य समूह २.४६ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी हाइड्रोपावर समूह १.९६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेको छ ।

