रूसमा ८.८ म्याग्नीच्युडकाे शक्तिशाली भुकम्पछि जापानमा सुनामी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारीयाे

spot_img

काठमाडाैँ । रुसमा गएको ८.८ म्यानिच्युडकाे शक्तिशाली भूकम्पपछि जापानका तटमा सुनामी आउन थालेको छ ।

जापानीज् समाचार संस्था एनएजके वर्ल्डका अनुसार जापानको प्रशान्त महासागर तट हक्काइदोदेखि वाकायामासम्मको क्षेत्रमा तीन मिटर सम्मको सुनामीको चेतावनी जारी गरिएको छ । अधिकारीहरूले सबै चेतावनीहरू फिर्ता नभएसम्म मानिसहरूलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन् ।

यस्तै इवाते प्रिफेक्चरको कुजी बन्दरगाहमा ६० सेन्टिमिटर अग्लो छाल र मियागीको इसिनोमाकी बन्दरगाहमा ५० सेन्टिमिटरको छाल मापन गरिएको छ। योकोहामा बन्दरगाहमा ३० सेन्टिमिटरको छाल देखिएको जनाएकाे छ ।

जापानी अधिकारीहरूले पहिले नै सुनामीको छाल धेरै उच्च हुन सक्ने चेतावनी जारी गरेका थिए । जापानी प्रधानमन्त्री सिगेरु इसिबाले अधिकारीहरूले “परिस्थितिको मूल्यांकन गरिरहेको” बताएका छन् ।

सम्भावित जाेखिमलाई हेरी २० लाख मानिसलाई सुरक्षित स्थानमा सारीएकाे छ ।

जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको बताएको छ । विशेषगरी जापानको पूर्वी तटमा रहेका मानिसहरू उच्च जोखिममा रहेका छन् ।

यसपछि जापानदेखि अमेरिकासम्म सुनामीको चेतावनी जारी गरिएको थियो ।

ओआहु टापुको हालेइवा बन्दरगाहमा २० देखि ३० फिट (६ देखि ९ मिटर) पानी पछाडि हटेको देखिएको छ, जुन सुनामी छाल आउने संकेत रहेकाे हवाइ राज्यका गभर्नर जोश ग्रिनलाई उदृत गर्दै इसाेसिएट प्रेसले जनाएकाे छ ।

कम्तिमा अझै २४ घण्टा सुनामीको जोखिम रहेको सञ्चार माध्यमहरूले जनाएका छन् । रुसको सुदूरपूर्वी तटमा आसपास केन्द्रविन्दु बनाएर बुधबार ८.८ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् १९५२ यताको सबैभन्दा ठूलो भनिएको उक्त भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार