कांग्रेस १५औँ महाधिवेशन आजदेखि, देउवा मुख्य अतिथि

spot_img

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि विधिवत् रूपमा सुरु हुँदै छ। यसै अवसरमा पार्टीका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशनको मुख्य अतिथिका रूपमा निमन्त्रणा गरेका छन्।

सभापति थापाद्वारा हस्ताक्षरित निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवा निवास चुन्नेढिकी (चुनदेवी) पुगेको थियो। टोलीले पूर्वसभापति देउवालाई भेट गरी महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन औपचारिक आग्रह गर्दै निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार