अमेरिकाले एमसीसी पूर्ण रूपमा बन्द गर्ने

spot_img

काठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पूर्ण रूपमा बन्द गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । 

पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा सुरु भएको विकास निकायका कार्यक्रमहरू बन्द गर्ने र कर्मचारी संख्यालाई अत्यन्त न्यून स्तरमा झारिँने तयारी गरिएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । 

कर्मचारीहरूलाई सरकारी बाइआउट (स्वैच्छिक अवकाशसहितको प्रस्ताव) लिन करिब एक साताको समय दिइने र त्सयपछि संख्यात्मक कटौतीको प्रक्रिया सुरु गरिने सरकारको दक्षता विभाग (डज)ले जनाएको छ।

अमेरिकाले युएसएड लगाएतका विभिन्न संस्थाहरूका सहयाेग कटाैती गरेकाे  थियो । डजले त्यससँग सम्बन्धित अन्य साना निकायहरू पनि हटाउने काम गरिरहेको छ । जसमा अमेरिकी शान्ति प्रतिष्ठान (युएस इन्स्टिच्युट अफ पिस), इन्टर-अमेरिकन फाउन्डेसन, र अमेरिकी अफ्रिकी विकास फाउन्डेसन लगायत संस्थाहरु बन्द गरिएको छ र ती संस्थाहरूले अदालतको ढोका ढकढक्याइरहेका छन् ।

स्थापना भएकोदेखि एमसीसीले ५० भन्दा बढी देशहरूमा काम गरिसकेको छ, र यसको पछिल्लो बजेटमा लगभग ९ सय मिलियन अमेरिकी डलर खर्च देखाइएको छ ।

नेपालमा एमसीसी परियाेजना स्थगन भएपछि १ महिनाअघि मात्रै फेरी संचालनमा आएको थियो । 

 

सम्बन्धित समाचार

ताजा समाचार