काठमाडाैँ । चलचित्र ‘कोशोढुङ्गा’को तिज गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ तिज बोलको गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगित र हुकलाइन छ ।
यस गीतमा खेम सेन्चुरी सँगै समीक्षा अधिकारी र दिपीका मगरले स्वर दिएका छन् ।
तिजको सेटअपमा तयार पारिएको गीतको भिडियोमा फिल्मका तीन मुख्य अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त र नीति शाहकाे नृत्य हेर्न सकिन्छ । अविवाहित र विवाहित महिलाको भावना, अनुभव, भोगाइ र अनुभूतिलाई गीतमा प्रस्तुत गरिएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोशोढुङ्गा’ ऋषिपञ्चमीको दिन पारेर आगामी भदौ १२ गतेबाट प्रदर्शन हुनेछ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडीलगायतको अभिनय छ ।
‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।
बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन छ ।

