१० हजारभन्दा बढी दर्शक बीच ‘कुमारी’ को ट्रेलर सार्वजनिक: माघ २३ मा रिलिज हुने

spot_img

नेपाली चलचित्र ‘कुमारी’ को ट्रेलर हिजो काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक भव्य साङ्गीतिक कन्सर्टका बीच सार्वजनिक गरिएको छ।

नेपाली चलचित्रको इतिहासमै पहिलो पटक हजारौँ दर्शकको उपस्थितिमा खुला आकाशमुनि यसरी ट्रेलर रिलिज गरिएको हो। लामो समयदेखि प्रतिक्षा गरिएको नेपाली चलचित्र ‘कुमारी’ को आधिकारिक ट्रेलर हिजो साँझ भृकुटीमण्डपमा आयोजित एक विशाल कन्सर्टका बीच सार्वजनिक गरिएको छ। १० हजारभन्दा बढी दर्शकको उत्साहजनक उपस्थितिले भृकुटीमण्डपको माहोल उत्सवमय बनेको थियो। चलचित्रको ट्रेलरले चलचित्र प्रेम कथामा आधारीत रहेको देखाएको छ।

चलचित्रको ट्रेलर कन्सर्टको बिचमा गरिएको थियो। ट्रेलर सार्वजनिक गर्नुअघि उक्त कन्सर्टमा लोकप्रिय फिमेल ब्यान्ड ‘इस्त्री’ र ट्रिजा प्रधानको समूहले पनि आफ्नो प्रस्तुति दिएको थियो। कन्सर्टको अन्तममा चर्चित गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले चलचित्रका चर्चित गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गरेका थिए।

कन्सर्टको अन्तिममा चलचित्रका मुख्य गाएक केहर शिंह लिम्बुको जन्मदिन परेको हुनाले केक काटेर जन्मोत्सब पनि मनाएका थिए भने, उक्त चलचित्रको अहिले सर्बाधिक रुचाईएको ‘डोको बुन्ने’ बोलको गित युटुबमा ५ मिलियन भ्युजको अवसरमा पनि उत्सब मनाईएको थियो।

उक्त कार्यक्रममा चलचित्रका मुख्य डेब्यु कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारी ले फ्यानहरूसँग संवाद गर्दै स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए।

निर्देशक दिनेश राउतले यस चलचित्रमार्फत आफू पुन: प्रेम कथानक जनरामा फर्किएको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

३ मिनेट २३ सेकेन्ड लामो ट्रेलरले एक भावुक र गहन प्रेम कथाको झलक दिएको छ। यसमा प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक द्वन्द्वलाई मर्मस्पर्शी रूपमा देखाइएको छ। विशेष गरी नव-कलाकार अभिषेक र आकृतिको जोडी र उनीहरूको अभिनयलाई दर्शकले निकै रुचाएका छन्। अझै भन्ने हो भने यस चलचित्रको प्रमुख बिशेषता जेन्जी पुस्ताको काम र कलाकारिता रहेको चलचित्रको टिमले दाबि गरेका छन्।

कन्सर्टको बिचमा चलचित्रका निर्माता र लेखकले जेन्जी पुस्ताले जेन्जीको कामलाई मनपराउने बिश्वस्त रहेको बताएका छन्। चलचित्र माघ २३ गते देशव्यापी रुपमा प्रदर्शन हुनेछ।

सम्बन्धित समाचार

ताजा समाचार