वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । नेपाली चलचित्रमा “राते काइला” को रूपमा प्रख्यात थापा लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित थिए।
आधिकारिक घोषणा भएपछि मात्र अन्य श्रद्धान्जलीका कार्यक्रमहरु तय गरिने निरौलाले बताए ।

