काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले सामाजिक संजालमा आएको भिडियोहरुले आफ्नो ब्यक्तिगत जिवनमा असर पुर्याएको भन्दै अष्ट्रेलियामा कानुनी प्रक्रिया अगाडि बढाएका छन् ।
सम्बन्धविच्छेद भएको महिनौंपछि पनि सामाजिक संजालमा उनीहरुको सम्बन्ध र डिभोर्सको चर्चा अझैपनि सेलाएको छैन । एलिना चाैहानले पछिल्ला केही अन्तर्वार्तामा आफ्नो वैवाहिक जिवन र घरेलु हिंसाका बारेमा अन्तर्वार्ता दिइरहेकी छिन् ।
सापकोटाले सामाजिक संजालमा एक पाेष्ट जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।
आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको उनले जनाएका छन् । दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्ने उनको भनाई छ ।
उनले लेखेका छन् ‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ’।
उनले अहिले नेपाल र अस्ट्रेलियामा कानूनी परामर्श लिइरहेको पनि बताएका छन् ।
साप्कोटाको सामाजिक सञ्जालकाे पाेष्ट:


