एलिना चौहान र समीक्षा अधिकारीलाई कलाकारकाे साथ

गायिकाद्वय केही दिनयता आफूहरूविरुद्ध सामाजिक सञ्जालमा गालिगलाैज र छुद्र टिप्पणी गर्नेहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

spot_img

काठमाडौँ । गालीगलौज गर्नेहरुको आइडी फेसबुकमा सार्वजनिक गर्दै आएका गायिका एलिना चौहान र समीक्षा अधिकारीले कलाकारकाे साथ पाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै चलचित्र निर्मता तथा कलाकार दीपकराज गिरी र केकी अधिकारीले गायिका द्वयकाे खुलेर प्रशंसा गरेका छन् । दीपक सामाजिक सञ्जालमा कहिले राजनीतिमाथि व्यङ्ग्य गर्छन त कहिले चलचित्रका विषयमा लेख्छन् । आज शुक्रबार भने उनले यी दुई गायिकाको खुलेर प्रशंसा गरेका छन्।

उनले लेखेका छन्,’यी दुवै मलाई मन पर्ने गायिका हुन् । त्यो मध्य पनि समीक्षाको त गायकीको मात्रै होइन सुरूदेखि उनको सहासको पनि प्रशंसक हुँ । सानो उमेरमा नै उनी माथि जुन बज्रपात पर्‍यो त्यो ठाउँमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर उनीले परिस्थितिसँग घुँडा टेकिनन र लड्दै आइन् त्यसकै फलस्वरूप आज यहाँ पुगिन्।’

उनले सामाजिक सञ्जालमा एलिना र समीक्षाको फोटो सेयर गर्दै अनावश्यक लेख्नेमाथि पनि टिप्पणी गरेका छन् । उनी अगाडि  लेख्छन्, ‘आफूमाथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ। दुवै जनालाई शुभकामना ।’

त्यस्तै नायिका केकी अधिकारी समाचार लिंक सेयर गर्दै लेख्छिन्, ‘भन्छन् नि, अति गर्नु तर अत्याचार नगर्नु, अत्याचारकाे मूल्य चुकाउनैपर्छ ।’

गायिकाद्वय केही दिनयता आफूहरूविरुद्ध सामाजिक सञ्जालमा गालिगलाैज र छुद्र टिप्पणी गर्नेहरूको प्रतिकारमा उत्रिएका छन् । उनीहरूले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफी समेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालमै पाेष्ट गर्ने गरेका छन् ।

एलिना चाैहानले एक भिडियो सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने र थप कानुनी उपचारको लागि जाने समेत बताएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार